गभर्नर अधिकारीलाई बर्खास्त गर्न नेविसंघको माग

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरु नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको माग गर्दै राष्ट्र बैक अगाडि विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले आइतबार बिहान बालुवाटार पुगेर नेविसंघका कार्यकर्ताले गभर्नर अधिकारीविरुद्ध राष्ट्र बैकको कार्यलय घेराउ गर्दै विरोध जनाएका हुन् ।

उनीहरुले गभर्नर विरुद्ध चर्को बिरोध र नाराबाजी गरेका थिए ।

नेविसंघका अध्यक्ष अध्यक्ष डुजाङ शेर्पाले प्रधानमन्त्रीले गभर्नर अधिकारीलाई २४ घण्टाभित्र बर्खास्त नगरे कडा आन्दोलन गर्दै जाने बताए । प्रदर्शनको क्रममा प्रहरीले पाँच विद्यार्थीलाई पक्राउ गरेको छ भने एकजना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार