चरण अभावले रुम्जाटारमा भेडा पालन व्यवसाय मासिँदै

ओखलढुंगा : जिल्लाको रुम्जाटार क्षेत्रमा पछिल्लो समय भेडा पालन व्यवसाय मासिँदै गएको छ । चरण क्षेत्रको अभावले यो व्यवसाय मासिँदै गएको हो । राडीपाखी बनाउने उनको मुख्य श्रोत मानिएको भेडा व्यवसाय अहिले सिमित संख्यामा मात्रै व्यवसाय सञ्चालनमा छन् । चरण क्षेत्रको अभावसँगै कामदार अभावले पनि यो व्यवसायमा समस्या हुने गरेको स्थानीय कृषकहरुको भनाइ छ ।’

भेडाविकाश समितिका अध्यक्ष पदकुमारी गरुङले चरण क्षेत्रको अभावमा किसानहरुले सोलुखुम्बु, उदयपुर, सिन्धुलीका विभिन्न क्षेत्रमा पुर्‍याउनपर्ने बाध्यता रहेको जानकारी दिइन् ।

उनका अनुसार गुरुङ समुदायमा प्रत्येक घरमा हुने भेडापालन अहिले दुईवटा मात्र रहेको छ । उनले भनिन,‘चरण अभाव बढेसँगै रुम्जाटारका घरेलु राडीपाखी उद्योग पनि संकटमा छन्,यसलाई अब कसरी लोप हुन नदिने रु सबैले सोच्नुपर्ने आवश्यता देखिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार