भारत भ्रमणबाट फर्केपछि प्रचण्डले भने : भ्रमण सफल भयो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता भएका छन् । उनी आइतबार (आज) साझ स्वदेश फिर्ता भएका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले भने,‘मेरो भारत भ्रमण सफल भयो,भारतले पनि मेरो भ्रमणलाई निकै महत्व दियो ।’
उनले प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अहिले बढी सम्मान पाएको बताए ।

उनले भारतीय अधिकारी विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । भ्रमणमा भाजपाका अध्यक्षसँग भेटवार्ताका साथै नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार