काठमाडौं : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले शपथ ग्रहण गरेकी छन् ।
आइतबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए ।
सापकोटाले भुसालले १४८ मत पाउँदा विपक्षी उम्मेदवार भट्टराईले ९३ मत पाएका थिए ।