निगमले भन्यो : घाटा भएकाले इन्धनको भाउ हाललाई यथावत

काठमाडौं : नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आए पनि यहाँ नघटाउने जनाएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै घाटा भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत राखिएको जनाएको हो ।

शनिबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा तथा डिजेल १६ रुपैयाँ ५६ पैसा घटाएर निगमलाई पठाएको थियो ।

तर,निगमले उक्त मूल्य मानेको छैन् । निगमले अझै पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाा १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा रहेकाले मूल्य नघटाइएको जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार