चीनमा प्रचण्ड गर्मी, सचेत रहन चेतावनी

एजेन्सी : प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । वेधशालाले आइतबार तातो वायुको प्रवाह व्यापक भएपछि यस्तो चेतावनी जारी गरेको हो ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रले आज दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान गरेको छ । शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ ।

केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घर बाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारहरूलाई आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार