प्राकृतिक विपद् : ३ महिनामा १२१ जनाको मृत्यु

काठमाडौं : प्राकृतिक विपद्का कारण पछिल्लो तीन महिनामा १ सय २१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म बाढी,पहिरो,आगलागी लगायत घटनाबाट १ सय २१ जनाको मृत्यु भएको हो ।

यस अवधिमा चट्याङका कारण सबैभन्दा धेरै ५० जनाका मृत्यु भएको छ । त्यस्तै, आगलागीबाट १९, पहिरोबाट १७ र जनावर आतंबाट १२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

विपदका घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार