अब हिमालय एयरलाइन्सको सीधा काठमाडौं–कुवेत उडान

काठमाडौं : नेपालबाट अन्तरराष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सीधा उडान सुरु गरेको छ । शनिबार कम्पनीले एक विज्ञप्ति जारी गरि अन्तरराष्ट्रिय गन्तव्य विस्तार गर्दै उडान सञ्चालन गरिएको जनाएको हो ।

कम्पनीले छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ : ३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा आज बिहान ९ : १७ बजे काठमाडौं अवतरण गरेको थियो ।

कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तरराष्ट्रिय हवाई सेवा उपलब्ध गराउन यो उडान सञ्चालनमा ल्याएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार