थपियो सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद

काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको म्याद फेरि थप गरेको छ ।

गत वर्ष साउन १ गतेदेखि लागू हुनेगरी थप गरिएको एक वर्षको समय सकिएसँगै सरकारले तीन महिनाका लागि फेरि म्याद थप गरेको हो ।

शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै दुबै समितिको म्याद २०७९ असोज मसान्तसम्म थप गरिएको जनाएको छ । दुवै आयोग २०७१ साल माघ २७ गते दुई वर्षका लागि भनेर गठन गरिएको थियो ।

उक्त आयोगमा झण्डै ६४ हजार हजार गुनासा दर्ता भएका छन् । वेपत्ता छानबिन आयोगमा ३ हजार बढी उजुरीहरू छन् ।

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघनका विषयमा छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, पीडक र पीडितबीच मेलमिलाप गराई सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गर्दै दिगो शान्ति र मेलमिलापको वातावरण निर्माण गर्ने उद्देश्यले आयोग गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार