दैलेखमा चल्यो गोली,तीन जना घाइते

काठमाडौं : दैलेखको गुराँस गाउँपालिकामा शुक्रबार गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो ।

दैलैख प्रहरीले गोली चल्दा तीन जना घाइते भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको जानकारी दिए ।

घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार