ओखलढुंगाकाे महिला आत्मरक्षा तालिम सकियाे, ३ सय भन्दा बढी सहभागि

ओखलढुंगा : जिल्लामा दुई दिने सञ्चालन भएको महिला आत्मरक्षा (सेल्फ डिफेन्स) तालिममा ३ सय भन्दा बढी महिलाले तालिम लिएका छन् ।

हिजो(बिहिबार)बाट जिल्लामा सुरु भएको उक्त तालिममा सबै स्थानीय तहका महिलाहरु गरी ३ सय भन्दा बढी महिला सहभागी भएको बताइएको छ । राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सञ्चालित उक्त तालिम आज सकिएको छ ।

तालिम कार्यक्रमा जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालले महिलाहरुमा बढ्दो असुरक्षाका लागि आफुले आफैलाई सुरक्षित राख्न सक्ने क्षमता विकासका लागि यो तालिम सञ्चालन गरिएकाे र तालिम लिइसकेपछि तालिम प्रभावकारी रहने आश्वासन व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा सञ्चालन भएको उक्त तालिममा किशोरी तथा युवतीहरुलाई तेक्वान्दो, कराते, फुटबल, भलिबल र रग्बी खेलको प्रशिक्षण पनि दिइएकाे जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार