पाकिस्तानमा युवती अपहरणको विरोध गर्दै हिन्दु समुदायको प्रदर्शन

एजेन्सी : पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको आरोपमा विरोध प्रदर्शन गरेका छन् । स्थानीय सञ्चार माध्यमले अपहरण भएका युवती करीना नामकी हिन्दु युवती रहेको जनाएका छन् ।

प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलील रहमान जोनोका परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्लामा अपहरण गरेका थिए । प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्व राष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

स्थानीय प्रहरीले करिनालाई अपहरण नगरेको भन्दै मीर मोहम्मद जोनो गाउँका खलील रहमान जोनोसँग भागेर कराँचीको अदालतमा विवाह गरेको बताएको छ । प्रहरीका अनुसार सुन्दर मलले दिएको उजुरीको आधारमा खलीलका बुबा असगर जोनोलाई धारा ३६५ बी बमोजिम एफआइआर दर्ता गरेपछि पक्राउ गरिएको हो ।

एसएसपीले करीना र खलील रहमान जोनोको विवाह दर्ता प्रमाणपत्र सार्वजनिक गरी युवतीलाई सिन्ध उच्च अदालतमा पेश गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार