विद्यालय बन्दको वेला दिवा खाजामा ५८ करोडभन्दा बढी निकासा !

काठमाडौं : स्थानीय तहले कोभिड-१९ लगायत विभिन्न कारण विद्यालय बन्द भएको वेला पनि दिवा खाजाको नाममा ठूलो रकम निकासा गरी आफुखुसी खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनअनुसार ०७८ मा १ सय ९२ स्थानीय तहले दिवा खाजाको नाममा ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेको हो ।

प्रतिवेदनमा ती स्थानीय तहले विद्यालय बन्द भएका वेला पनि विद्यार्थीको प्रमाणित हाजिरी अभिलेखबेगर खर्च गरेको उल्लेख छ । महालेखाले विद्यार्थी हाजिर प्रमाणित अभिलेख लिई उक्त खर्चको यथार्थ यकिन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार