विपद् न्यूनीकरणका लागि सक्दाे प्रयास हुँदै छ : तामाङ

ओखलढुंगा : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बर्खाजन्य विपद् न्युनीकरणका लागि सक्दो प्रयास भइरहेको बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी तामाङले जोखिममा रहेका क्षेत्रको पहिचान र जोखिम न्यूनीकरणका लागि यसअघिको अनुभवको आधारमा तयारी गरिएको जानकारी दिएका हुन् । स्थानीय सरकार गठनपछि, जोखिमको पहिचान र न्यूनीकरणमा केही सहज भएको भन्दै उनले स्थानीय जनप्रतिनिधिले जिल्लासँगको समन्वयमा क्षति न्यूनीकरणका लागि सक्दो प्रयास गरेको जानकारी दिए ।

केही ठाउँहरूमा भने जोखिम हुने आंकलन हुदाँ हुँदैपनि स्थानीयले आफ्नो थाक थलो छोड्न आनाकानी गर्दा ठुलो जोखिमको सम्भावना हुने गरेको भन्दै उनले जोखिमबाट बच्न आम नागरिक पनि सचेत हुनुपर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार