ओखलढुंगा जिल्ला अदालत भवनको शिलान्यास

ओखलढुंगा : जिल्ला अदालत भवनकोे शिलान्यास भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले एक औपचारिक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै न्यायधीश कार्कीले जिल्लामा बन्ने सुविधासम्पन्न भवनले कार्यसम्पादनमा सहज हुने धारणा राखे । स्काई स्लेट चन्द्र ज्योजि जेभिको निर्माण कम्पनीले, भ्याटबाहेक झण्डै पौने १९ करोडमा नयाँ भवन निर्माण कार्य शुरु गर्न लागेको हो ।

सरकारको करिब साँढे ३० करोड बजेट मध्ये, बोलपत्र आह्वान भएकामा सो कम्पनीले झण्डै पौने १९ करोडमा ठेक्का पारेको जिल्ला अदालत ओखलढुंगाका न्यायधीस दल बहादुर केसीले जानकारी दिए । सिद्धिचरण नगरपालिकाले उपलब्ध गराएको ६ रोपनी जग्गामा निर्माण हुने भवन भूकम्प प्रतिरोधात्मक हुने छ ।

५ तले लिफ्टसहितको भवनमा २ वटा इजलास रहने र कानुनको विवादमा परेका बालबालिकाको विवाद बारेको मुद्धा हेर्ने छुट्टै इजलास रहने बताइएको छ । भवनमा सेवाग्राहीलाई आवश्यक सहयोग गर्न सोधपुछ र सहायता कक्ष, विपन्न र असाहय कक्ष, पुर्णकालिन बैतनिक वकिल बस्ने कक्ष, थुनवा कक्ष, साक्षी संरक्षण कक्ष, बालमैत्री कक्ष, बैठक कक्ष, पुस्ताकालय र मेलमिलाप कक्ष राखिनेछ । यस्तै, बच्चा हुने महिला सेवाग्राहीहरुका लागि स्तनपान कक्ष र पुर्व सुनुवाई छलफल कक्ष समेत रहनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार