साउन २ गतेदेखि पशुपतिमा अतिरुद्री महायज्ञ हुँदै

काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा आगामी साउनमा अभिशेकात्मकाति महायज्ञ सुरु हुने भएको छ । विहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा साउन २ देखि १० गतेसम्म अतिरुद्री महायज्ञ हुने जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा क्यानडाबाट आएका डा. गोबिन्द दाहालले महायज्ञ जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, थिमि, भक्तपुरको आयोजनामा हुने गर्न लागेको जानकारी दिए ।

‘नेपालमा आएर चिकित्सकहरुको सल्लाहअनुसार योग र ध्यानबाट १५ वर्षसम्म दुखेको टाउको ठिक भयो,ध्यानबाट नै सुख, समृद्धि र आनन्द प्राप्त हुन्छ,गुरुले दिने ध्यानको ज्ञानले नै जीवन परिवर्तन हुन्छ,’उनले भने ।

अतिरुद्रीका यज्ञाआचार्य डा. जगन्नाथ गुरागाईंले शिव तत्वको बारेमा प्रकाश पार्दै यस्तो महायज्ञले कल्याणकारी तत्वलाई स्वीकार र अकल्याणकारी तत्वलाई अस्वीकार गर्न सिकाउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार