खेलाडी संघको माग : नेपाली फुटबलको पुनर्संरचना गरौँ

काठमाडौं : अखिल नेपाल फुटबल संघ(एन्फा)को खेलाडी संघले फुटबलको पुनर्संचरना गर्न माग गरेको छ ।

बिहिबार नेतृत्व फुटबलको वर्तमान संरचनाले विकास सम्भव नभएको भन्दै संघले एन्फाको नवनिर्वाचित कार्यसिमतिलाई फुटबलको पुनर्संचरना गर्न मागसहित ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघले फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित गर्ने लगायतको माग गरेको छ ।

यस्तै,खेलाडी संघले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको नयाँ नेतृत्व र कार्यसमितिसँग खेलाडी संघ हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरेको छ । संघले खेलाडीको स्वास्थ्य बीमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्नुपर्ने,विदेशिएका खेलाडीलाई नेपालमै व्यवस्थित गर्नेलगायत माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार