गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

बिहीबार वाइसिएलका नेताहरूले शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भ्रष्टाचार गरेको भन्दै काठमाडौंको टंगाल पुगेर उजुरी दिएका हुन् ।

अहिले नेकपा एमालेको अर्थ विभागका एम अधिकारी गभर्नर अधिकारी हो भन्दै आलोचना भइरहेको छ । सार्वजनिक पद धारण गरेका व्यक्ति कुनै पनि पार्टीमा संलग्न हुन नपाइने कानुनी व्यवस्था छ । यता,
गभर्नर अधिकारी र एमाले एम अधिकारी आफू नभएको भन्दै दाबी गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार