सरकारले हतियार किन्ने निर्णय गरेको छैन : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हतियार किन्न सरकारले निर्णय नगरेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको प्रश्न उठाएपछि देउवाले किन्ने निर्णय नभएको बताएका हुन् ।

देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए ।  उनले सदस्यहरुलाई भने,‘हतियार किन्ने कुरा कहाँ छ ? हतियार किन्ने कुरा सरकारले गरेको छैन ।’

नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । यसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार