चिशंखुगढी ६ वडाले नि:शुल्क विद्युतीय चुल्हो वितरण गर्दै

काठमाडौं : ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा-६ कार्यालयले नि:शुल्क विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । वडा कार्यालयले बुधबार एक सूचना जारी गरि सरकारको नि:शुल्क रुपमा विद्युतीय चुल्हो वितरण गर्ने अभियानलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको जनाएको हो ।

वडा कार्यालय भदौरेमा विगतदेखि नै यस्ता चुल्हो वितरण गर्दै आएको गाउँपालिका-६ का वडाध्यक्ष बलराम कटवालले जानकारी दिए ।

यसअघि पाएका व्यक्तिहरुले भने यस पटक चुल्हो नपाउने उनले जानकारी दिएका छन् । मापदण्ड पालना गर्ने इच्छुक वडाबासीहरुलाई निवेदन पेश गर्न उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार