चिशंखुगढीले दिन थाल्यो सहिद भएका परिवारलाई निर्वाह भत्ता

ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउपालिकाले निर्वाह भत्ता दिन सुरु गरेको छ । गाउपालिकाले तत्कालीन नेकपा माओबादी केन्द्रले चलाएको जनयुद्धका कारण सहिद भएका परिवारलाई निर्वाह भत्ता दिन थालेको हो ।

गाउपालिकाका अध्यक्ष निशान्त शर्माले चालु आर्थिक वर्षबाट सहिद परिवारलाई गाउँपालिकाले मासिक २ हजारका दरले भत्ता दिन सुरु गरेको जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले हालसम्म १५ जना सहिदका परिवारहरुलाई बैंक मार्फत भत्ता उपलब्ध गराइएको छ । निर्वाह भत्तालाई आगामी आर्थिक वर्षहरुमा पनि निरन्तरता दिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार