६ अर्ब १६ करोडभन्दा बढी कोरोना बीमाको रकम भुक्तानी हुन बाँकी

काठमाडौं : कोरोनाको बीमा दाबी गरेकाहरूको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेको पाइएको छ । महालेखा परीक्षकको २०७९ को प्रतिवेदनमा कोरोना बीमा दाबी गरेका ३७ हजार १ जनाको बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख छ ।

महालेखाले ०७७/०७८ मा १ लाख १४ हजार ६ सय ३३ जनाको बीमा दाबीबापतको अनुमानित १० अर्ब ९७ करोड ७३ लाख रूपैयाँ रहेकोमा ७७ हजार ६ सय ३२ जनाको ४ अर्ब ८१ करोड ११ लाख रूपैयाँ बराबर दाबी भुक्तानी भएको जनाएको छ ।

बाँकी बीमाको भुक्तानी दिन निर्देशिकाको व्यवस्थाअनुसार सरकारको दायित्वमा पर्ने महालेखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार