करदाताको संख्या ४० लाख नाघ्यो

काठमाडौं : करको दायारमा आउने करदाताको संख्या ४० लाख नाघेको छ ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन–२०७९ मा आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीन वटै समूहका करदाताहरुको संख्यामा वृद्धि हुँदा करको दायरामा आउने कुल करदाताको संख्या ४० लाख ५९ हजार १०७ पुगेको संख्या उल्लेख छ ।

अघिल्लो वर्षको तुलनामा आयकरतर्फ १८.९ , मूल्य अभिबृद्धितर्फ ४.८७ र अन्तशुल्क इजाजत पत्रतर्फ ९.६८ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष आयाकरतर्फ स्थायी लेखा नम्बर लिनेहरुको संख्या ६ लाख ४५ हजार ७१७ ले बढेर ४० लाख ५९ हजार १०७ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार