सरकारको बेरूजु पुग्यो ४ खर्ब ८३ अर्ब

काठमाडौं : गत आर्थिक वर्षमा बेरुजु १५.४६ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ ।

महालेखा परीक्षकले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको जनाएको हो ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार २०७७/०७८ मा कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ । एक वर्षमै सरकारको बेरुजु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख थपिएको छ ।

प्रतिवेदनमा आव २०७६/०७७ मा ४ खर्ब १८ अर्ब ८५ करोड ६ लाख बेरुजु रहेकोमा आव २०७७/७८ मा ५० अर्ब २७ करोड ६३ लाख बेरुजु फर्छ्योट तथा सम्परीक्षण भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार