छानबिन समितिले अर्थसँग माग्यो फुटेज

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार (भोलि) अर्थ मन्त्रालयसँग उनीसँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित सिसिटिभी फुटेजसहितको कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय भएको जानकारी दिए ।

पूर्व अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९/0८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो ।
छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार