एसइईको नतिजा साउन पहिलो हप्ता प्रकाशित हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साउन पहिलो हप्ताभित्र प्रकाशित गर्ने जनाएको छ । बोर्डले यसअघि यही असार मसान्तभित्र एसइई नतिजा प्रकाशित गर्ने जनाए पनि सबै प्रकृया पूरा नभएकाले समय सारिएको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

उनले भने,‘हामीले नतिजा यही असार मसान्तभित्रै प्रकाशित गर्ने भनेका थियौँ,तर समयमा उत्तर पुस्तिका ल्याउन ढिला भयो,अरु विविध कारणले पनि प्रकाशित गर्न सकेनौँ, अब साउन पहिलो हप्ताभित्र प्रकाशित गर्छौ ।’

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो । बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार