पीपीपी परियोजनाको पाइपलाइन लगानी बोर्डले तयार गर्ने

काठमाडौं : लगानी बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाको पाइपलाइन बनाउने भएको छ । बोर्डले सोमबार कार्यशाला आयोजना गरि यस्तो जानकारी दिएको हो ।

लगानीयोग्य, विश्वसनीय, दीगो एवं राष्ट्रिय प्राथमिकता अनुरूपका सार्वजनिक–निजी साझेदारीका परियोजना पूर्वतयारीसहित परियोजना बैंकमा सूचीकृत गर्न कार्यविधि बनाउने भएको छ ।

कार्यविधिमा विभिन्न सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले सोमबार कार्यशाला आयोजना गरेकाे थियाे । कार्यशालामा विभिन्न मन्त्रालय, दातृ निकाय, निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था एवं बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि सहभागि थिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने, ‘परियोजना बैंकबाट हामीले सार्वजनिक-निजी साझेदारीका परियोजनाहरू विकासमा एउटा मापदण्ड स्थापित गर्नेछौं,जसले प्रमाणिक आधारमा निर्णय प्रक्रिया अघि बढाउन र जोखिमहरू कम गर्न मद्दत गर्नेछ ।’

उनका अनुसार परियोजना बैंकले प्राथमिकताका परियोजनालाई व्यावसायिक रूपमा सम्भाव्य बनाउन सहुलियत ऋण, मिश्रित वित्त (ब्लेन्डेड फाइनान्स) तथा अन्य प्रोत्साहनका लागि सरकार एवं दातृ निकाय र विकास वित्त उपलब्ध गराउने संस्थाहरूसँग छलफल अघि बढाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार