ओखलढुंगामा महिलाहरुका लागि तीन दिने आत्मरक्षा तालिम सञ्चालन हुँदै

ओखलढुंगा : ओखलढुंगामा ३ दिने महिला आत्मरक्षा(सेल्फ डिफेन्स) तालिम सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही असार ३० गतेबाट तालिम सुरु हुने भएको हो ।

राष्ट्रपती खेलकुद महिला सहभागिता अभिवृद्धी कार्याक्रम अन्तर्गत प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नं १ को सहयोगमा महिलाहरुका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न लागिएको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठल जानकारी दिए । महिलाहरुलाई बलात्कार, हत्या, हिंशा तथा आत्महत्या जस्ता विभिन्न कुराहरुबाट बचाउन तालिम सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

तालिममा महिलाहरुलाई आफ्नो सुरक्षा गर्न सिकाउनुका साथै तेक्वान्दो, कराते, भलिबल, फुटबल, एथ्लेटिक्स, रग्बि खेलको तालिम र मनोविज्ञान विषयमा शिक्षा प्रदान गरिने कार्यालय प्रमुख बालकुमार खनालले बताए । ३२ गतेसम्म चल्ने तालिममा जिल्ला डेढ सय भन्दा बढी महिलाहरुको सहभागिता रहने अपेक्षा उनको छ ।

जिल्लाभित्रका ईच्छुक किशोरी तथा महिलाहरुलाई तालिममा सहभागिता जनाउन जिल्ला खेलकुद विकास समितिले आब्हान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार