धोबीखोलामा फोहोर फ्याँक्ने संस्थालाई २५ हजार जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्नेलाई कारबाही गरेको छ । महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्ने प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार जरिवाना तिराएको हो ।

आइतबार बेलुका सामाजिक सञ्जालमा रातोपुल नजिकैबाट डोजरले फोहोरलाई खोलामा फ्याँकिरहेको भिडियो भाइरल भएको थियो । महानगरपालिकाले त्यससँगै कारबाही गरिएको हो ।

फोहोर फालेपछि उक्त प्रालिलाई सो रकम तिराएको मेयर बालेन साहले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उपत्यकाभित्र अहिले पनि चोक-चोकमा फोहोर थुप्रिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार