कोरोना जोखिम पुन: बढ्दै, एकै दिन थपिए १६८ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो समय नेपालमा पुन: कोभिड-१९  जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको परीक्षण गर्दा थप १ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ सय ७० पुगेको छ भने पछिल्लो समय ३७ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

जसमध्‍ये ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशन र १२ जना आईसीयूमा छन् । सबै सर्वसाधारणाहरू सचेत रहन मन्त्रालयले आग्रह गरेकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार