गभर्नर अधिकारीले भने : मूल्यवृद्धि अझै थेगिनसक्नु गरी बढ्न सक्छ

काठमाडौं : नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा गभर्नर अधिकारीले बोल्दै आगामी आवमा पनि मूल्यबृद्धि बढ्ने बताएका हुन् ।

‘चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएको भए पनि अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि अत्याधिक रुपमा बढेकाले लक्ष्यभन्दा बाहिर जाने अवस्था छ,’उनले भने ।

उनले विश्वका अधिकांश मुलुकका केन्द्रिय बैंकहरुले मूल्यवृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति ल्याएकाले नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘मूल्यवृद्धि हामीले आशा गरेको भन्दामाथि नै जाने सम्भावना छ,आगामी वर्षमा पनि दबाबमूलक नै देखिन्छ,’उनले भने,‘पछिल्लो समय रुस र युक्रेनबीचको युद्धले सप्लाई चेनमा ठूलो असर पारेको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार