खिजीदेम्बा शिक्षा समितिको बैठक सकियो,यस्ता छन् बैठकका निर्णय

ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका शिक्षा समितिको बैठक सकिएको छ । समितिले गाउँपालिकाभित्र शिक्षकहरुको दरबन्दी मिलान गर्ने लगायत निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकले विद्यार्थी संख्याको आधारमा शिक्षकहरुको दरबन्दी मिलान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष तथा समितिका संयोजक गम्बु शेर्पाले जानकारी दिए ।

विद्यार्थी संख्या कम भएको विद्यालयहरुको दरबन्दीलाई कक्षा १ देखि ८ र मावि तह सञ्चालन भएको विद्यालयमा मिलान गर्ने समेत निर्णय भएको उनले बताए ।

त्यस्तै, विद्यालयहरुको नियमित अनुगमन गर्ने, परीक्षा प्रणालीलाई गाउँपालिका स्तरीय बनाउने, एक विद्यालय एक बालविकास केन्द्र स्थापना गर्ने, आइसिटी प्रयोगलाई प्रभावकारी बनाउन तालिम आयोजना गर्ने, प्राविधिक धारका रिक्त दरबन्दी परिपूर्ति गर्ने लगायत निर्णय भएको समितिका सदस्य तथा वडा नं. ६ का अध्यक्ष पासाङ निमा शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार