चिशंखुगढी गाउँपालिकाले तोक्याे रासायनिक मलको मूल्य

ओखलढुंगा : चिशंखुगढी गाउँपालिकाले रासायनिक मलको मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै युरिया र डिएपी मलको न्यूनतम मूल्य निर्धारण गरेको जानकारी दिएको हो ।

गाउँपालिका अन्तर्गत अनुदानको मल कृषकहरुलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउन सकोस् भन्ने हेतुले मलको मूल्य निर्धारण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकमणि खनालले जानकारी दिए ।

सुलभ बहुसेवा प्रालीमार्फत विक्री हुने युरियाको प्रतिकेजी २६ रुपैयाँ र डिएपीको प्रतिकेजी ५५ रुपैयाँ कायम गरिएको गाउँपालिकाले जनाएकाे छ । जसमा साल्ट ट्रेडिङ कर्पोरेशनको मूल्य, ढुवानी र व्यवस्थापन खर्च जोडेर मूल्य निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार