पहिरोले सुनकोसी भालदीपका ५ घरपरिवार विस्थापित

ओखलढुंगा : जिल्लाको सुनकोसी गाउँपालिका-८ भालदीपमा पहिरोका कारण ५ घर परिवार विस्थापित भएका छन् । नयाँ ट्रयाक खोलीएको सडकबाट आएको पहिरोले कार्यापालिका सदस्य शुसिला श्रेष्ठसहित ५ घरपरिवार विस्थापित भएका हुन् ।

वडा अध्यक्ष गुणराज भट्टराईले  सडकबाट आएको पहिरोले साविक च्यानम ९ का खेमबहादुर थापा, गीता श्रेष्ठ, चन्द्रमाया श्रेष्ठ लगायतको घरपरिवार विस्थापित भएको जानकारी दिए । अविरल वर्षासँगै आएको पहिरोले विस्थापित परिवारहरुहरु आफन्तको शरण लिएर बसकेका छन् ।

उनीहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने सम्बन्धमा गाउँपालिका, जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको वडा अध्यक्ष भट्टराईले जानकारी दिए । जथाभावी सडक निर्माण गर्ने परिपाटीले पनि गाउँहरु विस्थापित हुने अवस्थामा पुगेको स्थानीय सन्तोष कुमार बस्नेतले बताए । पहिरोले क्षति पुर्‍याएको स्थानमा गाउँपालिकाका प्रतिनिधिहरुले निरीक्षण समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार