राप्रपा महिला संघ​को बैठकमा कुटाकुट,घाइतेहरुको हेल्पिङमा उपचार हुँदै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा आइतबार(आज)कुटाकुट भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा विवाद निस्किएपछि कुटाकुट भएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि मात्रै महिला संघको अध्यक्षमा अञ्जना शाह रावललाई नियुक्त गरेका थिए । शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए ।

उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध गर्दै आएका थिए । राप्रपाका एक केन्द्रीय सदस्यका अनुसार बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भयाे। केही छिनमै फेरी हानाहान भएको हो ।

हानाहान हुँदा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । ​घाइते केहीको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको ती सदस्याले जानकारी दिए । बैठकमा कुर्सी प्रहार गरिएको थियो भने टेबुल तोडफोड गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार