देशको अर्थतन्त्रलाई सही दिशा दिने गरि मौद्रिक नीति आउँछ : गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति देशको अर्थतन्त्रलाई सही दिशा दिने लक्ष्यसहित आउने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सुझाव कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले यस्तो बताएका हुन् ।

यद्धपि यतिबेला देशको अर्थतन्त्र आन्तरिक र बाह्य कारणले समस्यामा परेको बताउँदै उनले मौद्रिक नीतिले लिने व्यवस्थाबाट पर्ने समस्या सहनका लागि सबै पक्ष तयारी अवस्थामा बस्नुपर्ने बताए ।

‘अर्थतन्त्रलाई सही दिशा दिने गरी नीतिहरू आउँछन्, गभर्नर अधिकारीलाई जे लाग्छ त्यो नीति आउने होइन,त्यसैले मौद्रिक नीतिले लिने व्यवस्थाबाट पर्ने समस्या सहनका लागि सबै पक्ष तयारी अवस्थामा बस्नुपर्छ,’उनले भने ।

उनले यतिबेला देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै आन्तरिक कारणले देशले तरलताको अभाव झेलिरहेको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार