स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार समर्पण समारोहमा उनले यस्तो बताएका हुन् ।

कार्याक्रममा उनले भने,‘भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्यलगायतका विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व हो,भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य लगायतका विधाहरू मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको हो ।’

उनले ​स्रष्टाहरूप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको विकासमा स्रष्टाहरूको अझ योगदान हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार