सरकारी कार्यालय शनिबार पनि खुल्याे,कार्यालयहरुमा भीड

ओखलढुंगा : जिल्लाका विकासे कार्यालयहरुमा शनिबार पनि खुलेका छन् । कार्याक्रम तथा योजनाहरु फरफराकका लागि शनिबार पनि कार्यालयहरु खुलेका हुन् । विकास निर्माणसँग सम्वन्धित कार्यालयहरुमा सेवाग्राहीको भीड शनिबार पनि बढेको देखिन्छ । आर्थिक वर्षको अन्तिम समय भएकाले शनिबार पनि कार्यालय खुलेको ती कार्यालयका अधिकारीहरु बताउँछन् ।

यसरी शनिबार पनि खुल्ला भएका कार्यालयहरुमा विशेष गरी विकास निर्माणसँग सम्वन्धित् कार्यालयहरु छन् । शहरी विकास तथा भवन कार्यालय, भौतिक पूर्वाधार विकास कार्यालय, सघन सहरी विकास कार्यालय, जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय, कृषि ज्ञान केन्द्र लगायत रहेका छन् ।

शुक्रबार पनि कार्यालयहरुमा भीड देखिएको थियो । आर्थिक वर्षभित्र सक्नुपर्ने योजनाहरुको अनिवार्य निकासा दिनुपर्ने वाध्यताले पनि कार्यालयहरु शनिबार पनि खुलेको अधिकारीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार