कृषि, पशुपालनसँग सम्बन्धित कार्याक्रमहरुको अनुगमन (फोटोफिचर)

ओखलढुंगा : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई ओखलढुंगाले आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरेका कार्याक्रमहरुको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालको संयोजकत्वमा अन्तर निकाय संयुक्त अनुगमन गरेको हो ।

सोलु दुधुकुण्ड नगरपालिका वडा नं. ८ पत्तालेमा रहेको सञ्चालन एभरेष्ट एग्रो रिसर्च एण्ड टुरीजम डेभलोपमेन्ट प्रालीमा ८ करोड लगानीमा स्याउ खेती गरेका थिए । जसमध्य प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइको ८५ प्रतिशत अनुदान प्रदान गरेका नायब सुब्बा राजेन्द्र राजभण्डारीले जानकारी दिए । त्यस्तै,विरुवामा र असिना अबरोधक जालीमा पनि ५० प्रतिशत अनुदान प्राप्त गरेको प्रालीका सञ्चालक रामबहादुर मगरले बताए । थोपा सिचाई प्रविधि मेसिन समेत जडान गरि रोपिएको ईटाली विरुवामा फल लाग्न थालिसकेको छ । भाद्र महिनामा फल दिने विरुवाबाट मनग्य आम्दानी लिने अपेक्षा मगरको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र ओखलढुंगाले आवमा सञ्चालित कार्याक्रमहरुको संयुक्त रुपमा अनुगमन गरेको छ । सिद्धिचरण नगरपालिकामा सञ्चालित विभिन्न कार्याक्रमको अनुगमन गरेको हो ।

सिनपा ५ श्रेष्ठ कृषि तथा पशुपक्षिं फलफुल खेती फर्म, उद्यमी बंगुरपालन कृषक समूह र सिनपा ११ मा रहेको सृजनशिल कृषि तथा पशुपालन कृषक समूहको अवलोकन गरेको कृषि ज्ञान केन्द्र वागबानी अधिकृत टिका बानियाले जानकारी दिए । फर्महरुमा किवी खेतीका लागि ज्ञान केन्द्र अनुदान उपलब्ध गराएको श्रेष्ठ कृषि तथा पशुपंक्षी फलफूल खेती फर्मका सञ्चालक चित्रकुमार श्रेष्ठले बताए ।

त्यस्तै, उद्यमी बंगुरपालन कृषक समूह र सृजनशिल कृषि तथा पशुपालन कृषक समूहलाई भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगाको अनुदान सहयोग रहेको नायव प्राविधिक सहायक धीरेन राईले जानकारी दिए ।
अनुगमन कार्याक्रममा डिभिजन वन कार्यालय प्रमुख नथुनी गोहिवार यादव, जिल्ला समन्वय अधिकारी सनमाया रम्तेल, व्यवसायिक सीप विकास तालिम केन्द्रका प्रमुख भिषम राई, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख जितेन्द्र राई, कृषि विकास बैँक ओखलढुंगा शाखाका प्रमुख विद्या कृष्ण पोखरेल, पत्रकार महासंघका प्रतिनिधि लगायत सहभागि थिए ।

(हेर्नुहोस तस्बिरहरु)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार