मोलुङ गाउँपालिका १ मा एक पुरुषको शव फेला

ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-१ मा एक पुरुषको शव फेला परेको छ । मोलुङ गाउँपालिका-४ निवासी ४० बर्षीय प्रेम बहादुर भुजेल कुन्तादेवीमा मृत फेला परेका हो ।
विगत ४ दिनदेखि हराइरहेका शव शनिबार बिहान मोलुङ-१ कुन्तादेवी लिपेखोला नजिकै करङ पाखामा सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी केशव अधिकारीले जानकारी दिए ।

स्थानीयले शव फेला परेको सूचना दिएपछि प्रहरी घटनास्थलमा पुगेका थिए । शवको मचुल्का तयार पारेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार