अन्तत : नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाबाट पारित

काठमाडौं : नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

शुक्रबार बसेको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरका हुन् ।

गृहमन्त्री खाँणले तीन वर्षसम्म संसदबाट पास हुन नसकेको विधेयकले निकास दिन नसक्ने भएपछि सरकार फिर्ता लिन बाध्य भएको जानकारी दिए । नागरिकताका सम्बन्धमा देखिएका समस्या समाधान गर्न बिधेयक फिर्ता लिइएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार