चिशंखुगढी वडा ६ ले प्रत्येक वर्ष आयोजना गर्ने भलिबल प्रतियोगिता

ओखलढुंगा : जिल्लाको चिशंखुगढी गाउँपालिका-६ वडा कार्यालयले स्थानीय युवा क्लवहरूलाई भलिबल उपलब्ध गराएको छ । वडा कार्यालयले साविकका सबै वडाका युवाहरुलाई समेट्ने गरी १३ थान भलिबल र नेट उपलब्ध गराएको हो ।

वडाअध्यक्ष बलराम कटवालले वडाभित्र भलिबल खेललाई प्रवद्र्धन गर्ने हेतुले टोल टोलमा भलिबल उपलब्ध गराइएको जानकारी दिए । वर्षको २ थान बल र १ थान नेट उपलब्ध गराउने र हरेक वर्ष वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने समेत वडाले निर्णय गरेको छ ।

वडाले सृजनशिल युवाक्लव, युवा समाज, जय कालिका क्लव, प्रगतीशिल युवा क्लवलाई खेल सामाग्री उपलब्ध गराएको हो । त्यस्तै, पिएनएम युवा क्लव, थापा र रानाटोल युवा क्लव, सिद्धदेवी युवाक्लव, दोभानटार युवा क्लव, भोजे युवा क्लवलाई कार्यालयले सामान वितरण गरेको छ ।

वडा सचिव चोलेन्द्र कार्कीले वडाले गौरीगाउँ युवा क्लव, बालकन्या युवा क्लव र क्लव गठन भएका ठाउँमा स्थानी युवालाई खेल सामाग्री वितरण गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार