ओखलढुंगाका सरकारी कार्यालयहरुमा बढ्यो भीड

ओखलढुंगा : जिल्लाका सरकारी कार्यालयहरुमा भीड बढेको छ । आर्थिक वर्षको अन्तिम शुक्रबार भएका कारण कार्यालयमा भीड बढेको हो । विभिन्न विकास योजनाहरुको निकासा, कर्मचारीको तलव, शिक्षकको तलव भक्ता निकासा लगायतका कामले सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्थामा चाप बढेको पाइएकोे छ ।

सदरमुकाम तथा स्थानीय तहको केन्द्रमा रहेको बैंकहरुमा बाक्लो भीड देखिन्छ । आर्थिक वर्ष समाप्त हुनु ६ दिनअघि सुत्र वन्द हुने भएकाले पनि आज सबैतिर चापबढेको कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुंगाले जनाएको छ । विशेष गरी विकाससँग सम्वन्धित कार्यालयहरुमा मानवीय चापबढेको पाइएको स्थानीयहरु बताउँछन् ।

स्थानीय तहहरुमा पनि उस्तै भीड देखिन्छ । आर्थिक वर्षको अन्तिममा मात्रै योजनाहरु सम्पन्न गर्ने परिपाटीले पनि यस्तो समस्या आएको हो । चाप बढ्दा बैंकहरुले भुक्तानी दिन समेत समस्या भएको बताइएको छ । त्यस्तै, इन्टरनेट तथा सर्वर समेत व्यस्त भएकाले समयमा कार्य सम्पादन गर्न समस्या भएको कार्यालयका लेखाशाखाका अधिकारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार