जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन हुने

काठमाडौं : करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आगामी मंगलबारबाट छानबिन सुरु हुने भएको छ ।

शुक्रबार सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । उक्त बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ । सहजीकरण बैठकले आगामी मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको छ ।

चौतफी शर्मामाथि प्रश्न उठेपछि २२ असार २०७९ मा प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति (छानबिन समिति) गठन गरेको थियो । संसद सचिवालयका अनुसार मंगलबार बस्ने पहिलो बैठकले समितिको संयोजक तय गर्नेछ । त्यही दिन कार्यविधिसमेत बनाएर समितिले आफ्नो कार्य थालनी गर्नेछ ।

शर्माले गत बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामा दिएको घोषणा गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार