सोलुखुम्बुका सागर राई ७ दिनदेखि बेपत्ता

काठमाडौं : सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका– ७ देउसाका सागर राईको अवस्था अझै अज्ञात बनेको छ ।

पौडी खेल्ने क्रममा ७ दिनदेखि खोलामा बेपत्ता भएका २८ वर्षीय राईको अवस्था अज्ञात बन्दै गएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भोजराज कार्कीले जानकारी दिए ।

मजदुरीका लागि रुपन्देहीको ओमसत्यायी गाउँपालिका ४ मा बस्दै आएका राईलाई सोहि ठाउँको दण्ड खोलाले असार १५ गते बेपत्ता बनाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित जनप्रतिनिधि सक्रिय भएर उनको खोजी गरे पनि हालसम्म फेला पार्न नसकेको कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार