हवाई भाडा फेरी बढ्यो, अब कुन रुटमा कति ?

काठमाडौं : नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर फेरी वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै संघले नयाँ भाडादर बढाएको हो ।

संघका अनुसार नयाँ भाडादर असार २३ गतेबाट लागु हुनेछ । जस अनुसार अब भाडादर काठमाडौंदेखि सबैभन्दा लामो दुरीमा रहेको धनगढी विमानस्थलसम्मको भाडा २२० रुपैयाँले बढेर १७ हजार २५रुपैयाँ कायम गरिएको छ। माउन्टेन फ्लाइटमा १७० रुपैयाँ बढेको छ। काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडादर १४ हजार ८९० रुपैयाँ पर्छ ।

काठमाडौंदेखि भद्रपुरको हवाई भाडादर १५० रुपैयाँले बढेर १२,९५५ रुपैयाँ, काठमाडौंदेखि विराटनगरको भाडादर १२५ रुपैयाँले बढेर १०,२०५ रुपैयाँ, काठमाडौंदेखि जनकपुरको भाडा ६५ रुपैयाँले बढेर ५,८६० रुपैयाँ, काठमाडौंदेखि भरतपुरको भाडा ५५ रुपैयाँले बढेर ४,९९० रुपैयाँ पुगेको छ । त्यस्तै, संघले काठमाडौंदेखि पोखराको भाडादर भने ८० रुपैयाँ बढेर ६,९८५ रुपैयाँ कामय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार