वर्षमान पुनले भने : निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् । अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएको घोषणागरेपछि पुनले यस्तो बताएका हुन् ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने,‘अहिले छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो,छानबिन हुन्छ,उहाँले निर्दोष छु भन्नुभएको छ, उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ,अर्को कोही मान्छे अहिले पठाउँदैनौं ।’

अर्थमन्त्री शर्माको चौतर्फी आलोचनापछि संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार