अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले सम्हाले

काठमाडौं : अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी देउवाले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने जानकारी दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार