सरकारलाई संसदीय चुनाव मंसिर २ वा ५ मा गर्न आयोगको प्रस्ताव

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।

बुधबार निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगका एक निर्वाचन आयुक्तले जानकारी दिएका छन् ।

आयोगले १ सय २० दिन समय राखेर अबको एक साताभित्रै मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने जनाएको छ । एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको ती सदस्यको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार