चट्याङले सोमबारदेखि ओखलढुंगाको ई-पासपोर्ट काम अवरुद्ध

ओखलढुंगा : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले अवरुद्ध भएको ई-पासपोर्टको काम अझै सुरु हुन नसकेको जनाएको छ । इन्टरनेट स्टेशनमा चट्याङले क्षति पुर्‍याएपछि सोमबारबाट सेवा अवरुद्ध भएको थियो ।

असार २२ गतेसम्म सेवा अवरुद्ध हुन सक्ने प्रशासनले जनाएको छ । प्रशासनले एक सूचना जारी गर्दै यस कार्यालयबाट सञ्चालन भइरहेको ई-पासपोर्ट कार्य इन्टरनेट मर्मत हुँदै आएकोमा
चट्याङका कारण इन्टरनेट स्टेशनमा समस्या भएकाले स्टेशनको सम्पूर्ण सामाग्रीहरु मर्मत सम्भार गर्न ३ दिनसम्म लाग्ने भएकाले सेवा अवरुद्ध हुने जनाइएको थियो ।

मर्मतको कार्य द्रुत गतिमा भइरहेको र अनुमानित समयअघि नै इन्टरनेट शुचारु भएमा सूचना जारी गरी जानकारी गराइने जिल्ला प्रशासनले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार